काठमाडौं । डिशहोमले द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।साझेदारी पत्रमा द ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यू प्रोडक्स डेभलपमेन्ट अफिसर सविन महर्जनले हस्ताक्षर गरेका हुन् ।
अब डिशहोमका ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखामा स्पा र सलोन सेवामा २५ प्रतिशत र सलोन सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाइने कम्पनीले बताएको छ ।
यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि माई डिसहोम एपमार्फत उपलब्ध हुने बताइएको छ ।
“यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले भने ।