site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला
फाइल तस्बिर ।

काठमाडौं । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव फेला परेको छ । ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव भेटिएको हो । उनीहरूको शव सशस्त्र प्रहरीले आइतबार (कात्तिक २३) दिउँसो करिब २ बजे फेला पारेको छ ।

मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटेलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।  

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटेलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोका थिए । नभेटिएपछि पुनः कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको थियो । माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्