site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित बमजन पुनः पक्राउ

काठमाडौं । प्रहरीको हिरासतबाट भागेका एक थुनुवा पुनः पक्राउ परेका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञानबहादुर बमजनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

बमजन ‘जेनजी’ आन्दोलनका क्रममा गएको भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए । उनलाई शुक्रबार (कात्तिक २१) पुनः पक्राउ गरेर थुनामा राखिएको काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बमजनमाथि थप अनुसन्धान गरेर पूरक प्रतिवेदन बुझाइने उनले बताए ।

पक्राउ परेका बमजन सहकारी ठगीका मुख्य आरोपित गितेन्द्रबहादुर (जीबी) राईका आफन्त हुन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्