अर्थ व्यवसाय
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरू अघि बढाउनका निम्ति आवश्यक कानुनी अवरोध हटाउने कार्यलाई आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
वर्षौंदेखि अड्किएर बसेका उद्योगको फाइल अघि बढाउनका निम्ति आफूले सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको उनले उल्लेख गरे । त्यसलाई सहज ढंगले अघि बढाउन अन्तरमन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने उनले बताए ।
मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भूमिका खेल्न नहुनेमा आफू स्पष्ट रहेको पनि बताए । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ १७:५३
प्रतिक्रिया दिनुहोस्