site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकासँग नेपाल पराजित
फाइल तस्बिर ।

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलंकासँग तीन विकेट पराजित भएको छ । यो सँगै प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । 

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए । 

श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक विकेट लिए । ८७ रनको लक्ष्य श्रीलंकाले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट  लिए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्