site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गीतैगीतमा, मनमितमा

दीपकराज सापकोटा


मनको मनमा 
अन्तरमनमा,
चेतको चेतमा
चेतनामा,
पीरको पीरमा
वेदनामा,
सुखको सुखमा 
सयलमा,
ज्ञानको ज्ञानमा
आलोकमा,
सबै चिज खुल्छन्
मुस्कानमा
घामछाया
जीवनमा
गीत यही 
प्रीत यही
रीत यही 
मनमित यही
जित यही 
धीत यही
नीत यही 
शीत यही
हित यही 
जीवन गीत यही । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्