काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार (कात्तिक २२) काठमाडौंमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।
यस्तै, कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूत, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनि तथा निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहने छ ।
जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ ।
उद्योग वाणिज्य महासंघले यसअघि २०८० सालमा राष्ट्रिय बृहत् आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो ।