site stats
बाह्रखरी :: Baahrakhari
खेल
हङकङ सिक्सेस : राशिदको ह्याट्रिक र जोराको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।

शुक्रबार बिहान मोङकोकमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दुई विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोराले १४ बलमा एक चौका र आठ छक्कासहित ५३ रन बनाए । तर, अन्य ब्याटरको प्रदर्शन भने उल्लेख्य रहन सकेन । ओपनर लोकेश बमले १० बलमा १० रन बनाउँदा राशिद खन मोहम्मद आदील आलमले समान ११ रन थपे ।

अफगानिस्तानका फर्मानुल्लाह र इजाज अहमेद अहमदजाईले समान एक/एक विकेट लिए ।

त्यसअघि नेपालका राशिद खानले ह्याट्रिक विकेट लिँदा नेपालले अफगानिस्तानलाई ११२ रनको योगफलमा रोकेको थियो ।

अफगानिस्तानका करिम जन्नतले सर्वाधिक ३५ रन बनाए । फर्मानुल्लाहले ३०, कप्तान गुलबदिन नैबले २२ र सेदिकुल्लाह पाचाले १३ रन थपे ।

नेपालका राशिद खानले दुई ओभरमा चार विकेट लिए । उनले पाँचौँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए । यस्तै, लोकेश बमले एक विकेट लिए ।

नेपालले अब शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल पुल ‘ए’ मा छ । यो पुलमा नेपाल, अफगानिस्तान र दक्षिण अफ्रिका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्