site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक : सुक्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकमा बिहीबार (कात्तिक २०) साँझ ५ः१० मा सुक्खा पहिरो खसेको छ । सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ सुक्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब एक–दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।

"पहिरो पन्छाउन मेसिन सम्बन्धित स्थानतर्फ आउँदै छ । पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ," कार्यालयले सूचना जारी गर्दै भनेको छ ।  

यस क्षेत्रमा पहिरोको उच्च जोखिम छ । त्यसैले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्