site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा प्रेसिडेन्ट लिग : हैरान्सविरुद्ध काँक्रेविहारको संघर्षपूर्ण जित

काठमाडौं । काँक्रेविहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा हैरान्स क्लबविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

बिहीबार (कात्तिक २०) मकवानपुरको गौरीटार रंगशालामा काँक्रेविहारलाई जित दिलाउन सुजन बलाम्पकीमगर, आशिष चापागाईं र अनिश घर्तीक्षेत्रीले समान एक गोल गरे । हैरान्सका सम्राज ठोकर र विश्व लामाले समान एक गोल फर्काए ।

खेलको ३२औँ मिनेटमा काँक्रेविहारलाई सुजनले अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा टोलीका आशिषले अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा हैरान्सका सम्राजले एक गोल गरे ।

६८औँ मिनेटमा काँक्रेविहारका अनिशले गोल गर्दै अग्रतालाई ३–२ को अवस्थामा पुर्‍याए । ८४औँ मिनेटमा हैरान्सका विश्वले एक गोल फर्काए । तर, विश्वको गोल हैरान्सलाई खेलमा पुनरागमन गर्न पर्याप्त भएन ।

जितसँगै काँक्रेविहारले प्रतियोगितामा तीन अंक जोडेको छ । यो काँक्रेविहारको पहिलो खेल हो ।

प्रतियोगितामा १० टोलीको सहभागिता छ । सेमिफाइनलिस्ट टोलीले आउँदो पुस ९ गतेदेखि सुुरु हुने राष्ट्रिय लिगमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्