काठमाडौं । चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेको छ । चित्लाङले बुधबार (कात्तिक १९) लिगको उद्घाटन खेलमा देउराली युथ क्लबविरुद्ध ४–१ को जित निकाल्दै विजयी सुरुआत गरेको हो ।
चित्लाङको जितमा चन्दनकुमार दास, लाहान सुब्बा पताङग्वा, विज्ञान खड्का र मदन स्याङताङले समान एक गोल गरे । जवाफमा देउरालीका रामचन्द्र वाजेले एक गोल गरे ।
चितलाङले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको ३२औँ मिनेटमा चित्लाङलाई टोलीका चन्दनले अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा लाहान र विज्ञानले गोल गरेपछि चित्लाङले ३–० को स्पष्ट अग्रता बनायो ।
८८औँ मिनेटमा मदनले गोल गर्दै अग्रतालाई ४–० को अवस्थामा पुर्याए । खेलको इन्जुरी समयमा देउरालीका रामचन्द्रले टोलीको निम्ति एक गोल फर्काएका थिए ।
जितसँगै चित्लाङले लिगमा सुखद् सुरुआत गरेको छ । प्रतियोतिामा कुल १० टोलीको सहभागिता रहेको छ । जसमा टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । लिगका सेमिफाइनलिस्टहरूले पुस ९ गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा स्थान बनाउनेछ ।