site stats
बाह्रखरी :: Baahrakhari
देश
‘जेनजी’ प्रदर्शनका क्रममा विशेष अदालत जलाउनेविरुद्ध प्रहरीमा उजुरी
फाइल तस्बिर ।

काठमाडौं । विशेष अदालत काठमाडौंले आफ्नो कार्यालय तोडफोड तथा आगजनी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनमा आगजनी गर्नेहरूविरुद्ध भिडियो प्रमाणसहित उजुरी दिएको हो ।

बुधबार (कात्तिक १९) जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको अदातलका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । 

आगजनीबाट अदालतमा करिब ६ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । अदालत आगजनी गर्नेविरुद्ध यसअघि सर्वोच्च र जिल्ला अदालतले समेत प्रहरीमा उजुरी दिएको थियो । 

प्रहरीले पछिल्लो समय जेनजी प्रदर्शनका नाममा हिंसात्मक गतिविधि गरेर आगजनी गर्नेहरूलाई फोटो तथा भिडियोका आधारमा पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्