site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्सेको कामु नायब सीईओबाट राजीनामा दिएका फुयाल एनआरएनको सीईओमा नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कामु नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका निरञ्जन फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

एनआरएनको बुधबार (कात्तिक १९) बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आजैबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चरले सीईओ छनोटका लागि कमिटी बनाएर कात्तिक ७ गतेसम्म आवेदन खुला गरेको थियो । कम्पनीको सीईओका लागि फुयालले पनि आवेदन दिएका थिए । उनीसँगै सीईओ हुन आकांक्षा राखेर १० जनाभन्दा बढीले आवेदन दिएका थिए ।

एनआरएनका सञ्चालकसँगको सल्लाहमा नै फुयाल नेप्सेबाट बाहिरिएका स्रोतको भनाइ छ । उनलाई सीईओ बनाउने तयारीकै साथ नेप्सेबाट राजीनामा गर्न भनिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्