देश
काठमाडौं । डा. निकोलस भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (कात्तिक १८) दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बाह्रखरीलाई जानकारी दिए ।
गोरखाका प्रहरी प्रमुख एवं एसपी भरत विकले पनि भुसाललाई पक्राउ गरिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्