site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोमाविरुद्ध एसी मिलानको साँघुरो जित

काठमाडौं । इटालियन क्लब एसी मिलानले इटालीको शीर्ष डिभिजन लिग सिरी ए मा एएस रोमाविरुद्ध १–० को साँघुरो जित निकालेको छ । 

सोमबार मिलानलाई सान सिरो रंगशालामा जित दिलाउन स्ट्राहिन्जा पाभ्लोभिच निर्णायक बने । पाभ्लोभिचले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै मिलानले जित निकालेको हो । 

पाभ्लोभिचले ३९औँ मिनेटमा अग्रता दिलाएका थिए । यो जितसँगै मिलानले तालिकामा २१ अंक जोडेको छ । मिलानले १० खेल खेल्दा ६ जित, तीन बराबरी र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । 

पराजित रोमा भने समान २१ अंक बनाए पनि गोलअन्तरको आधारमा चौथो स्थानमा छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०५:३२
प्रतिक्रिया दिनुहोस्