site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से र कारोबार रकम घट्यो, ७२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२४ अंकले घटेर बन्द भएको छ । सोमबार (कात्तिक १७) नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर २,६२२.८९ विन्दुमा बन्द भएको हो ।

आइतबारको तुलनामा कारोबार रकम तीन अर्बभन्दा बढीले घटेको छ । आज ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार नौ अर्ब २० करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन ७२ कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

मुक्तिनाथ कृषि कम्पनी, एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । इष्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्