site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी कर्मचारीका लागि किरियापुत्री भवन बनाइँदै, आईजीपी खापुङले गरे शिलान्यास

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले किरियापुत्री भवनको शिलान्यास गरेका छन् । सोमबार बिहान खापुङले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणपछि प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका आफन्तहरूको निधनपछि आशौच बार्ने संस्कार (किरियापुत्री)का लागि सहज हुने उनले बताए ।

भवन काठमाडौं महानगरपालिका–३, स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको नाममा रहेको जग्गामा निर्माण गर्न लागिएको छ ।

खापुङले आईजीपीमा नियुक्त भएपछि भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकबाट किरियापुत्री भवन निर्माण गर्ने निणर्य गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्