site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच एसएसपी डीआईजीमा बढुवा : सीआईबीमा खत्री, अख्तियारमा खनालको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । 

एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् ।

गृहमन्त्रीस्तरीय निणर्यबाट उनीहरू डीआईजीमा बढुवा भएका हुन् । बढुवा भएका उनीहरूलाई सोमबार (कात्तिक १७) नै पदस्थापन समेत गरिएको छ । 

गृह मन्त्रालयले बढुवा भएका डीआईजी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । 

त्यस्तै, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ । उनीहरू कार्तिक ९ गते बढुवाका लागि सिफारिस भएका थिए ।

बढुवाको सूचीका एक नम्बरमा रहेका एसएसपी विश्व अधिकारी भने छुटेका थिए । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्