काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने नेपाली टोलीको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ । आइतबार (कात्तिक १६) नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ३४ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
टोलीमा गोलकिपर किरणकुमार लिम्बु, दिप कार्की, विशाल सुनार, तिकेन्द्र थापा, अन्तत तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, विमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश श्रेष्ठ, दिवाकर चौधरी, सञ्जिव लामा, शंकर थारु, दिपेश धिमाल, एरिक विष्ट छन् । त्यस्तै, मणिकुमार लामा, क्रितिस रत्न छुँजु, कुशल देउवा, लाकेन लिम्बु, मनिष डांगी, रोहन कार्की, सन्तोष खत्री, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, अञ्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम, समिर तामाङ, आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ छन् ।
नेपालले मलेसियासँग आगामी नोभेम्बर १८ मा छनोट खेल खेल्नेछ । नेपाल यसअघि सम्पन्न चार खेलमा जितविहीन बनेसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ ।