site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मजदुर सडकमा ल्याएर ‘इमोसनल ब्ल्याकमेल’ गर्न खोजियो : मन्त्री घिसिङ
फाइल तस्बिर ।

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता विवादमा उद्योगीहरूले मजदुर सडकमा ल्याएर सरकारलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न खोजेको ऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन् । शुक्रबार सम्पादकहरूसँग प्रधानमन्त्रीले गरेको छलफलमा बोल्दै घिसिङले बक्यौता तिर्नुको साटो उद्योगीहरूले आफ्ना मजदुर तथा कामदार सडकमा उतारेर इमोसनल ब्ल्याकमेल गर्न खोजेको जनाए ।

यसअघि पनि पटकपटक लाइन काटिँदा राजनीतिक दबाबका कारण लाइन जोड्न बाध्य भएको बताउँदै अहिले आफू नेतृत्वमा हुँदा लाइन काटेर बक्यौता उठाउन खोज्दा उद्योगीहरू बक्यौता तिर्नुको साटो नतिर्ने उपाय खोज्न थालेको उनको भनाइ छ । 

घिसिङले बक्यौता सहज बनाउनका लागि २८ किस्ताको सुविधा दिएको र उद्योगीहरूको मागअनुसार अझै यसैलाई बढाउन सक्ने बताएका थिए । कतिपय उद्योगीहरू बक्यौता तिर्न तयार रहे पनि केहीले उनीहरूलाई रोकिरहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्