site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य २७ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्