site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल पुनर्बिमाबाट निर्जीवन बिमा कम्पनीले लिए झन्डै दुई अर्ब पेस्की
जेनजी आन्दोलनका क्रममा जलाइएका संरचना । फाइल तस्बिर ।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बिमा कम्पनीमा परेका कुल दुई हजार ८६८ वटा पुनर्बिमा दाबीको १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ पुनर्बिमा दाबी रकम रहेको उल्लेख छ ।

निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बिमा दाबी परेको छ । यो कुल दाबीमध्ये नेपाल पुनर्बिमा कम्पनीमा मात्र १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्