काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा उनले घुस लिएको आरोपसहित अख्तियारले बिहीबार (कात्तिक १३) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको भन्ने उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो । काठमाडौंको टंगाल र सुर्खेतस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्कीलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
दायर मुद्दामा कार्कीसँग एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।