site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । रोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सुनछहरी गाउँपालिका–६, बस्ने ३२ वर्षीय   थम्मन रोकामगर छन् । अन्य तीनजना घाइते भएका छन् । 

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरबाट किलाचौर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जीप धुलेओडारमा गएराति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा लुंग्री–७ का ४० वर्षीय खिमबहादुर पुन, लुंग्री–४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी छन् ।

 इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीका अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको छ । 

सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्