site stats
बाह्रखरी :: Baahrakhari
देश
तिलिचो बेस क्याम्पबाट ७५० जनालाई खाङसार ल्याइयो

काठमाडौं । हिमाली भेगका भएको हिमपातका कारण फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ । हिउँका कारण फसेका ७५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई स्थानान्तरण गरेको हो ।

मनाङ घुम्न गएका पर्यटकहरूलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकलाई सुरक्षितका साथ फर्कने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा एक्कासि लेक लागेर उनी बेहोस भएका थिए । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्ट्रेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्