site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोक र कञ्चनपुरमा तास खेलिरहेका १४ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोक र कञ्चनपुरमा तास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकमा पक्राउ पर्नेमा जुगल गाउँपालिका–६ का ४२ वर्षीय नन्दराज श्रेष्ठसहित पाँचजना छन् । जुगल–६, हाब्रास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (कात्तिक ८) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ८५ हजार ४५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६, ऐठपुरका ५० वर्षीय दीपक पाठकसहित नौजना छन् । भीमदत्त–१, भासीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ५५ हजार १५ रुपैयाँ र आठ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्