site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । 

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्