देश
सिरहा । बरियारपट्टि गाउँपालिका–३, दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्वलक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीनजनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।
पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का २१ वर्षीय संगीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् । पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्