site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं । पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ । 

कपनस्थित निवासमा ९२ वर्षको उमेरमा निधन भएका शेर्पाको पार्थिव शरीरमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले आज अन्तिम सलामी अर्पण गरेको थियो ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरको उचाइमा पुगेका थिए ।

शेर्पा हालसम्म उक्त आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए ।

Kanchha-Sherpa_-Funeral_-(8)-1760931162.jpg

 

Kanchha-Sherpa_-Funeral_-(2)-1760931162.jpg

Kanchha-Sherpa_-Funeral_-(3)-1760931161.jpg

Kanchha-Sherpa_-Funeral_-(9)-(1)-1760931161.jpg

Kanchha-Sherpa_-Funeral_-1760931160.jpg

Kanchha-Sherpa_-Funeral_-(14)-1760931158.jpg

Kanchha-Sherpa_-Funeral_-(13)-1760931157.jpg

Kanchha-Sherpa_-Funeral_-(12)-1760931156.jpg

Kanchha-Sherpa_-Funeral_-(4)-1760931155.jpg

Kanchha-Sherpa_-Funeral_-(10)-1760931155.jpg

Kanchha-Sherpa_-Funeral_-(6)-1760931154.jpg

Kanchha-Sherpa_-Funeral_-(11)-1760931154.jpg

Kanchha-Sherpa_-Funeral_-(7)-1760931153.jpg

Kanchha-Sherpa_-Funeral_-(5)-1760931153.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्