काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेसन सञ्चालन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार, बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरू प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समीक्षा भएको छ । बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताए ।
साथै, आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरूलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि जानकारी दिए । न्युज एजेन्सी नेपाल