देश
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रदर्शक बेपत्ता भएका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक पथप्रदर्शक र एक जर्मनका पर्यटक शुक्रबार (असोज ३१) रातिदेखि सम्पर्कविहीन भएका हुन् ।
जर्मन नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रदर्शक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए ।
शनिबार (कात्तिक १) सेभेन समिट ट्रेक्स कम्पनीले हेलिकोप्टर परिचालन गरेर उनीहरूको खोजी गरिए पनि नभेटिएका प्रनाउ लामाले बताए । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२ २०:१३
प्रतिक्रिया दिनुहोस्