काठमाडौं । भरुवा बन्दुकसहित मकवानपुर र हुम्लाबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
मकवानपुरबाट पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६, हांगलमका ४७ वर्षीय गोपीराम प्रजा छन् । शुक्रबार (असोज ३१) राति उनलाई भरुवा बन्दुक दुईथान, गाँजा करिब दुई किलो र जनावरको जस्तो देखिने हड्डीका नौ टुक्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रजाको घरनजिकै करेसाबारीस्थित कर्कलो घारीमा लुकाइराखेको उक्त बन्दुक तथा लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुम्लाबाट पक्राउ पर्नेमा सिमकोट गाउँपालिका–७, डाँडाफायाका ६८ वर्षीय अंगबहादुर शाही र ६३ वर्षीय लोकबहादुर शाही छन् । शुक्रबार साँझ उनीहरूलाई सिमकोट–७, चुकेडी भीर भन्ने स्थानबाट भरुवा बन्दुक दुईथानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।