देश
काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए ।
उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए ।
उनको आज काठमाडौं कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्