site stats
बाह्रखरी :: Baahrakhari
खेल
मिडफिल्डर डी योङ र बार्सिलोनाबीचको सम्झौता नवीकरण

काठमाडौं । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रांकी डी योङ स्पेनिस क्लब बार्सिलोनामा सन् २०२९ सम्म रहने भएका छन् । 

बिहीबार बार्सिलोनाले डी योङसँगको सम्झौता २०२९ सम्मका लागि नवीकरण गरेको जनाएको हो । डी योङ सन् २०१९ मा डच टोली आयाक्सबाट बार्सिलोना आएका थिए । 

बार्सिलोनाले उनलाई ७५ मिलियन पाउन्डमा पाँच वर्षको लागि भित्र्याएको थियो । 

बार्सिलोनासँग सम्झौता नवीकरण गरेपछि डी योङले खुसी व्यक्त गर्दै च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् ।

“म निकै खुसी छु । बार्सिलोनासँगको यात्रा अझैँ बाँकी र च्याम्पियन्स लिग जित्ने सपना छ,” डी योङले भने । 

उनले बार्सिलोनाबाट १८३ खेल खेल्दा १४ गोल गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्