site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं जिल्ला अदालत उड्डयन प्राधिकरणको बबरमहल भवनमा सर्ने
फाइल तस्बिर ।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको काठमाडौं जिल्ला अदालत अस्थायीरूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवनमा सर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिसँग छलफल गर्दै प्रधानमन्त्री सुशीला कार्कीले तत्कालका लागि अदालतको कामकारबाही अघि बढाउन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने भएकाले अहिलेका लागि बबरमहलस्थित प्राधिकरणको भवन उपयुक्त हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य रोशन चित्रकारले स्थान अभावका कारण अदालतको कामकारबाहीमा समस्या भएकाले बबरमहलस्थित क्यानको भवन उपयोग गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्