site stats
बाह्रखरी :: Baahrakhari
खेल
इराकसँगको हारपछि जिम्मेवारीबाट हटे क्लूइभर्ट

काठमाडौं । इराकसँगको हारपछि इन्डोनेसियन फुटबल संघले राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक क्लुईभर्टलाई जिम्मेवारीबाट हटाएको छ । 

इन्डोनेसियाले हिजो (बुधबार) सन् २०२६ को विश्वकप छनोटअन्तर्गत इराकविरुद्धको खेलमा १–० को हार व्यहोरेको थियो । यही हारपछि संघले आपसी सम्झदारीमा प्रशिक्षक क्लुईभर्टलाई जिम्मेवारीबाट हटाएको जनाएको हो ।

यो हारसँगै इन्डोनेसिया सन् २०२६ को फिफा विश्वकप छनोटबाट बाहिरिएको छ । “फुटबल संघ र प्रशिक्षक क्लुईभर्ट आपसी समझदारीपछि सम्झौता रद्द गर्ने निष्कर्षमा पुगेको छ,” इन्डोनेसियन फुटबल संघले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको छ ।

इटालियन क्लब इन्टर मिलानका पूर्वखेलाडी समेत रहेका क्लुईभर्ट गत जनावरीमा जिम्मेवारीमा आएका थिए । क्लुईभर्ट र क्लबबीचको सम्झौता सन् २०२७ सम्मको थियो । तर, क्लबले उनलाई १८ महिनाअघि नै जिम्मेवारीबाट हटेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्