देश
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ ०६:४७
प्रतिक्रिया दिनुहोस्