site stats
बाह्रखरी :: Baahrakhari
देश
धनकुटामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

विराटनगर । विराटनगरबाट धनकुटाको जीतपुर जाँदै गरेको  बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

दुर्घटनामा महालक्ष्मी नगरपालिकाकी ६० वर्षीया गंगा कार्की र सोही नगरपालिकाका वर्ष ६०का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजन कार्कीले जानकारी दिए ।  

दुर्घटनामा धनकुटा नगरपालिका–४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी–९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया–७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका–७ की सिर्जना जिमी घाइेते भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाले जीतपुर जाँदै गरेको प्रदेश १ ०२००१ ख ९६०६ नम्बरको बस निगाले भन्ने ठाउँमा सडकमा पल्टिएको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्