site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र भियतनामबीचको दोस्रो लेग आधा घण्टा पर सर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो लेग निर्धारित समयभन्दा आधा घण्टा पछाडि सरेको छ । 

मंगलबार (असोज २८) छनोटको तेस्रो चरणअन्तर्गत नेपाल र भियतनामबीच नेपाली समयअनुसार ६ः१५ बजे प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर, भारी वर्षाका कारण खेल आधा घण्टापछि सारिएको हो । योसँगै खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ । 

समूह एफमा रहेको नेपालले आफ्नो पहिलो अंकको निम्ति भियतनामसँग खेल्दै छ । अंकविहीन नेपालले गत अक्टोबर ९ मा सम्पन्न पहिलो लेगमा ३–१ को हार बेहोरेको थियो । 

खेलको निम्ति नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा सुरुहाती ११ सार्वजनिक गरिसकेका छन् । जसमा लाकेन लिम्बूको स्थानमा अञ्जन विष्टलाई मौका दिइएको छ । 

यस्तो छ सुरुवाती ११ : 

अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, किरणकुमार लिम्बु (चेम्जोङ), मनीष डांगी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्