site stats
बाह्रखरी :: Baahrakhari
देश
धुलिखेल मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस रकम लिएको भन्दै अख्तियारले मंगलबार (असोज २८) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीका नाममा छुट दर्ता गर्ने प्रयोजनका निम्ति सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि अख्तियारले भण्डारीमाथि अनुसन्धान अघि बढाएको थियो ।

केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले केही दिनअघि भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । भण्डारीसँग दुई लाख रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्