site stats
बाह्रखरी :: Baahrakhari
देश
माइतीघरमा आमरण अनशनमा बसेका बुढालाई वीर अस्पताल लगियो

काठमाडौं । तीन दिनदेखि आमरण अनशनमा बसेका अछामका मदन बुढाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका निम्ति सोमबार (असोज २७) वीर अस्पताल लगिएको छ । उनी शनिबार (असोज २५) राति ९ बजेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका थिए ।

तीनबुँदे मागसहित उनी आमरण अनशनमा बसेका थिए । स्वास्थ्यकर्मीले माइतीघरमा उनको चेकजाँच गर्दा स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल लगेर उपचार गराउनुपर्ने बताएका थिए । त्यसपछि प्रहरीले उनलाई आफ्नो भ्यानमा राखेर वीर अस्पताल लगेको हो ।

बुढाले वर्तमान अन्तरिम सरकारमा सुदूरपश्चिम प्रदेशको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने, ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्य र घाइतेलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने र तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सीडीयोलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

अस्पताल लैजानुअघि उनले सरकारले आफ्ना माग पूरा नगरुन्जेलसम्म आमरण अनशन नतोड्ने बताए ।

*थर बुढा हुनुपर्नेमा यसअघि गिरी भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्