site stats
बाह्रखरी :: Baahrakhari
देश
बेलायतमा सञ्चालन भएको ‘एक्ससाइज क्याम्ब्रेन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा यही असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘एक्ससाइज क्याम्ब्रेन पट्रोल २०२५’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता रहेको थियो । 

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै  आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दुरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

यसअघि नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्