site stats
बाह्रखरी :: Baahrakhari
देश
कपनमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

सोलुखुम्बु घर भई कपनमा बस्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।” रासस

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्