देश
सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
अछामबाट धनगढीतर्फ आउँदै गरेको सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन् । तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्