site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्ला जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो
प्रतीकात्मक तस्बिर ।

सुर्खेत । हुम्ला चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । 
  
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका ६ का अन्दाजी २८ वर्षीया मन्दिर बुढा, उनका दुई वर्षीया छोरा देवांश बुढा, हुम्ला सिमकोट–८ की २६ वर्षीया वसन्ती रोकाया र २८ वर्षीया जागृति रोकाया छन् ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार अहिलेसम्म चारजना घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अन्य घाइतेहरूलाई जिल्लामै उपचार भइरहेको छ ।  

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्