site stats
बाह्रखरी :: Baahrakhari
देश
चालु बजेटबाटै क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटबाटै जेनजी प्रदर्शनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालु बजेटबाटै क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।

प्रर्दशनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण र मर्मत संभार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सुचारु गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमबाट रकमान्तर गर्ने निर्णय सरकारले गरेको छ ।

जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा देशभर ६०० भन्दा बढी सरकारी कार्यालय आगजनी र तोडफोड भएका थिए । 

प्रतिनिधिसभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्‌बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक पर्ने रकम पनि रकमान्तर गरेर जोहो गरिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्