site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंक वित्तीय संस्थालाई सेयर तथा डिबेञ्चर खरिदमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा अन्य लगानीमा खुकुलो नीति लिएको छ ।

राष्ट्र बैंकले बुधबार (असोज २२) एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था खारेज गरेको छ । यसअघि खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था थियो । 

सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ । 

यसअघि संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो ।

त्यसैगरी मार्जिन प्रकृतिको कर्जाको अधिकतम २५ करोड एकल ग्राहक कर्जा सीमा पनि हटाइएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्