देश
विराटनगर । कोसी प्रदेश सरकारले मोरङ, इलाम र झापाका लागि राहत सामग्री पठाएको छ । सवारीसाधनमार्फत राहत पुर्याउन सक्ने ठाउँमा ट्रकमार्फत राहत सामग्री पठाइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेशका विपद् क्षेत्रमा निरन्तर सामग्री पठाइएको छ । बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैँ स्थलगत क्षेत्रको निरीक्षण गर्न इलाम पुगेका थिए । पहिलो चरणमा हेलिकोप्टबाट राहत सामग्री लगिएको थियो ।
इलाममा सुरक्षा निकायको बैठक समेत राखेर फर्किएका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सामर्थ्यले भ्याएसम्म प्रभावित सबै ठाउँमा राहत सामग्री पठाइने बताए ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ १५:०५
प्रतिक्रिया दिनुहोस्