site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली महिला टिमले भारत र इरानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले फिफाको अक्टोबर विन्डोमा इरानसँग पनि खेल्ने भएको छ । 

एन्फाले यसअघि अक्टोबर विन्डोमा नेपालले भारतसँग उसैको मैदानमा खेल्ने जानकारी गराएको थियो । मंगलबार (असोज २१) सामाजिक सञ्जालमार्फत एन्फाले सोही विन्डोमा नेपालले इरानसँग पनि खेल्ने जनाएको छ ।

एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार, नेपालले अक्टोबर २४ मा इरानसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपालले अक्टोबर २७ मा भारतसँग खेल्नेछ । यी दुवै खेल भारतको सिलोङमा हुनेछ । 

महिला फुटबलमा भारत र इरान दुवै नेपालभन्दा बलिया टिम हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा भारत ६३औँ र इरान ७०औँ स्थानमा छन् । नेपाल ८९औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्