site stats
बाह्रखरी :: Baahrakhari
देश
लाङटाङमा अलपत्र १२ पदयात्रीको सकुशल उद्धार
फाइल तस्बिर ।

रसुवा । लाङटाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुशल उद्धार गरेको छ ।

पदयात्रामा रहेका भक्तपुरका १६ मध्ये चारजना बाढीमा बेपत्ता भएका थिए । बाँकी अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । सबैलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

लाङटाङ पदयात्रामा रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्